काठमाण्डू, नेपाली बजारमा सुनले उच्च मूल्यको रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
जुन अहिलेसम्मकै उच्च मूल्य हो । सुनको मूल्य आज तोलामा ५ हजार ७ सय रुपैयाँले समेत बढेको छ ।
यसअघि २१ चैतमा सुन तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया