लेटेस्ट न्युज
advertisement1

चीनको हिसान मिडिया र आईएसभीजीको सहकार्यमा दुर्गम भेगका बिद्यार्थीका लागि नि: शुल्क चिनियाँ भाषा शिक्षा

Maryada News 2025-04-10 09:39:26
चीनको हिसान मिडिया र आईएसभीजीको सहकार्यमा दुर्गम भेगका बिद्यार्थीका लागि नि: शुल्क चिनियाँ भाषा शिक्षा

काठमाण्डू, इन्टरनेसनल स्काउट भोलिन्टियर ग्रूप नेपाल (आईएसभीजी) ले अब दुर्गम भेगका बिद्यार्थीका लागि चाइनिज भाषा सिकाउने कार्यक्रम सुरु गर्ने भएको छ। 

बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत यो जानकारी दिइएको हो।

प्रतिभाशाली विद्यार्थीहरूलाई रोजगारीको अवसर पनि सुनिश्चित हुने गरी गरिएको यो कार्यक्रम पूर्णतस् निःशुल्क हुनेछ।

चीनको हिसान मिडियासँगको सहकार्यमा यो कार्यक्रम गर्न लागिएको हो।

आईएसभीजीले यो कार्यक्रमको समग्र व्यवस्थापन गर्नेछ। संस्थाका अध्यक्ष अजित खड्काले देशका सबै जिल्लाबाट विद्यार्थीहरू छानिने जानकारी दिए।

हिसान मिडियाका अध्यक्ष नी हाइसानले नेपाल-चीन सम्बन्धलाई अझ बलियो बनाउन भाषा र संस्कृतिको माध्यम प्रयोग गरिने बताए।

‘म सामान्य परिवारबाट आएको व्यक्ति हुँ, त्यसैले नेपालका टाढाका गाउँबाट आएका युवाहरूलाई पनि अवसर दिन चाहन्छु,’ उनले भने।

‘माछा दिएर होइन, माछा मार्न सिकाएर आत्मनिर्भर बनाऔँ। हाम्रो उद्देश्य पनि दिगो सीप विकास नै हो,’ हाइसानले भने।

भाषा सिकाउने कार्यक्रम मात्र होइन, स्वास्थ्य र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा समेत हिसान मिडियाले नेपालमा सहकार्य गर्न चाहेको जनाएको छ।

चीनमा यस्तै काम गर्दै आएको हिसान अब नेपालमा पनि त्यही अनुभव प्रयोग गर्दै अगाडि बढ्न चाहन्छ।

हिसान मिडियाका अनुसार यी परियोजनाहरूले नेपाली युवाहरूको भविष्य उज्यालो बनाउने, दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्ने, र नेपाल-चीन मित्रतालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्