काठमाण्डू, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर हुन कार्यालय पुगेपछि महानगरको बैठक बस्ने तयारी गरेको छ ।
उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका छन् ।
गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।
उपप्रमुख सुनीता डङ्गोल कार्यालय पुगिसकेकी छन् । वडाध्यक्षहरु भेला भइसकेका छन् ।
प्रतिक्रिया