काठमाडौं : सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा आन्दोलनरत पक्षसँग वार्ताका लागि सरकारी वार्ता टोली गठन गरेको छ। मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र सांसद भगवती चौधरी सदस्य रहेको ३ सदस्यीय वार्ता टोली गठन गरेको हो ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले वार्ता समितिले आजैबाट संवाद सुरु गर्ने जानकारी दिए ।
प्रतिक्रिया