लेटेस्ट न्युज
advertisement1

राप्रपाले तय गर्‍यो महाधिवेशनकाे कार्यतालिका

Maryada News 2021-03-01 21:24:35
राप्रपाले तय गर्‍यो महाधिवेशनकाे कार्यतालिका

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको आगामी बैशाख २५ देखि २८ सम्म काठमाडौँमा हुने महाधिवेशनका लागि आवश्यक पर्ने ‘स्थानीय तहको परिषद तथा निर्वाचन निर्देशिका’ र ‘केन्द्रीय निर्वाचन समिति सम्बन्धि निर्देशिका’ पारित गरेको छ । सोमबार बसेको केन्द्रीय सचिबालय कार्य व्यवस्था समितिको बैठकले निर्वाचनको कार्यतालिका पनि तय गरेको छ ।

बैठकपछि पार्टीद्वारा जारी विज्ञप्तिमा वडा देखि जिल्ला तहसम्मको कार्यसमितिको निर्वाचन चैत मसान्तभित्र गरिसक्ने उल्लेख छ । त्यस्तै सक्रिय  सदस्यता वितरण चैत १५ सम्म गर्ने, महाधिवेशन प्रतिनिधि निर्वाचन बैशाख १० सम्म गर्ने र प्रदेश कार्यसमिति निर्वाचन बैशाख १५ भित्र गरिसक्ने निर्णय बैठकले गरेको केन्द्रीय सचिवालयका प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भास्कर भद्राद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै समायोजन गर्न बाँकी जिल्लाहरूको ७ दिनभित्र समायोजन गर्न पार्टीका नेता बुद्धिमान तामाङ, विक्रम पाण्डे, सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भास्कर भद्रा सम्मिलित ४ सदस्यीय समिति बैठकले बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्