काठमाडौं : प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच बालुवाटारमा भेटवार्ता भएको छ। आइतबार सभामुख सापकोटा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। भेटका क्रममा उनीहरूबीच दुई घन्टा कुराकानी भएको बताइएको छ ।
भेटवार्ताका क्रममा प्रतिनिधि सभाको बैठक कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । संसद्लाई सरकारले बिजनेस दिने र विचाराधीन विधेयक अघि बढाउने विषयमा छलफल केन्द्रित रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। सभामुखले आफूले सर्वदलीय बैठक बोलाउने तयारी गरकोबारे पनि प्रधानमन्त्री ओलीलाई जानकारीगराएका छन् ।
प्रतिक्रिया