लेटेस्ट न्युज
advertisement1

गृहमन्त्रीको सहयोगमा गाउँका ४१ युवालाई प्रहरी जवानमा भर्ना गरिदिएको स्टाटस लेख्ने व्यक्ति पक्राउ

Maryada News 2021-09-11 15:31:06
गृहमन्त्रीको सहयोगमा गाउँका ४१ युवालाई प्रहरी जवानमा भर्ना गरिदिएको स्टाटस लेख्ने व्यक्ति पक्राउ


काठमाडौं: नेपाली काँग्रेसका नेताहरूबाट सिफारिस गराएका गाउँका युवाहरूको नेपाल प्रहरीको जवान पदमा नाम निकालिदिएको स्टाटस लेख्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने प्युठानको ऐरावती गाउँपालिका–१ का ३० वर्षीय नरेन्द्र गुरुङ रहेका छन् ।

उनले गृहमन्त्री बालकृष्ण खाँणको सहयोगमा प्युठानका ११ जना र देशभरबाट ४१ जनाको नाम निकाल्न सफल भएको फेसबुकमा लेखेका थिए । गुरुङले प्युठानबाट कांग्रेसका उपसभापति बद्री लम्सालले सिफारिस गरेको र युवाहरूलाई नाम निकाल्न गृहमन्त्री खाँणले सहयोग गरेको उल्लेख गरेका थिए ।

सहयोगका लागि भन्दै गृहमन्त्री खाँणलाई फेसबुकमै धन्यवाद दिएका थिए । पक्राउ परेका गुरुङलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइने केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्