काठमाडौं: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्षसहितको टोलि बालकोट पुगेको छ । बिहीबार बिहान काठमाडौं आइपुगेको टोलि पूर्वपधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
ओलीनिवासमा पुगेको टोलीलाई ओलीसँगै स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायतले स्वागत गरेका थिए । अहिले एमसीसी उपाध्यक्ष फतिमा सुमार, नायब उपाध्यक्ष जोनानाथ ब्रूक्ससहितका टोली र ओलीबीच वार्ता भइरहेको छ ।
प्रतिक्रिया