काठमाडौं : लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ । अब प्रदेशतर्फ ३ र स्थानीयतर्फ ५ जनप्रतिनिधिले मात्र मत खसाल्न बाँकी रहेका छन् ।
सोमबार १ बजेसम्म स्थानीयतर्फको मतदान केन्द्रमा ८० महिला र १०८ पुरुषले मत खसालेका छन् । यस्तै प्रदेशसभा तर्फको मतदान केन्द्रमा ३० महिला र ५० पुरुषले मतदान गरेका छन् ।
यस्तै कोभिड तर्फको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीय तहतर्फका २१ जनप्रतिनिधि गरी २४ जनाले मत खसालेका छन् ।
प्रतिक्रिया