काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बसिरहेको छ । बहुमतको सरकार गठन दाबी गर्नका लागि अग्रसर कांग्रेसको पदाधिकारी बैठक बसिरहेको हो । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी बैठकमा पार्टीका पूर्व पदाधिकारी पनि सहभागी भएका छन् ।
संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समय सीमा आज बेलुकी ९ बजे सकिँदैछ । बिहीबार बिहान देउवा निवासमा भएको जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको वार्तापछि देउवाले बैठक बोलाएका हुन् ।
यता सत्ता साझेदारीका लागि तयार माओवादी केन्द्रले पनि स्थायी कमिटी बैठक पनि अपराह्न ५ बजेका लागि बोलाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहका चार नेतालाई गरेको कारबाही बिहीबार नै फुकुवा गरेका छन् ।
प्रतिक्रिया