लेटेस्ट न्युज
advertisement1

शाहवंशीय राजाहरू संवैधानिक दायरामा बस्न सक्दैनन् : महामन्त्री शर्मा

Maryada News 2025-03-31 14:36:18
शाहवंशीय राजाहरू संवैधानिक दायरामा बस्न सक्दैनन् : महामन्त्री शर्मा

काठमाण्डू, नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शाहवंशीय राजाहरूमा संवैधानिक राजा भएर बस्न सक्ने गुण नभएको बताएका छन् ।

प्रतिनिधिसभामा सोमबार बोल्दै उनले अब लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताए । सांसद शर्माले राजतन्त्रको बेला स्थिर सरकार थियो भन्ने दाबी पनि सत्य नभएको बताए ।

‘पञ्चायकालको ३० वर्षमा १६ वटा सरकार बने । तत्कालीन राजा ज्ञानेन्द्रले पनि आफूले नेतृत्व दिँदा चारवटा सरकार बनाए ।

यसर्थ राप्रपाका साथीहरूले गर्ने राजतन्त्रमा स्थिरता थियो भन्ने दाबी गलत छ,’ उनले भने, ‘एक थान राजा ल्याउँदैमा स्थिरता प्राप्त हुँदैन् ।

पाँच वर्ष स्थिर सरकार चलाउन आवश्वयक संविधान संशोधन गर्ने हो ।’साथै शर्माले राजा ल्याउँदैमा सुशासन नहुने पनि बताए ।

राजा आउँदैमा सुशासन हुँदैन । इतिहासको एक कालखण्ड किताबमा नवराज सुवेदी आफैँले लेख्नुभएको छ ।

ओमेगा घडीमा ज्ञानेन्द्रले ५० प्रतिशत शेयर माग्नाले स्विट्जरल्यान्डको घडी कम्पनी फर्कियो,’ उनले थपे ।

राजतन्त्र हटेपछि नेपाल विकासको बाटोमा अघि बढेको उनले दाबी गरे । ‘अहिले ९४ प्रतिशत नेपालीको घरमा बिजुली पुगेको छ ।

राजाको पालामा ३६ प्रतिशतको घरमा मात्र बिजुली पुगेको थियो,’ उनले भने । महामन्त्री शर्माले गणतन्त्र आएपछि प्रतिव्यक्ति आयदेखि हरेक कुरामा प्रगति भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्