लेटेस्ट न्युज
advertisement1

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धा 'हेर्दाहेर्दै'मा

Maryada News 2021-05-30 18:40:06
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धा 'हेर्दाहेर्दै'मा

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि भोलि (सोमबार)पनि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। आइतबारको बहसमा ती मुद्दाहरूको प्रथम सुनुवाइ नसकिएकाले मंगलबार फेरि सुनुवाइ हुने भएको हो।

आजको इजलासमा रिट निवेदकका अधिवक्ताले संवैधानिक इजलासमा न्यायाधीशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसी बस्न नहुने भन्दै आपत्ति जनाएका थिए।यही विषयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र वरिष्ठ अधिवक्ताहरूबीच सवाल जवाफ नै नभएको थियो। सर्वोच्च अदालत प्रशासन स्रोतले न्यायाधीशद्वय श्रेष्ठ र केसी संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्नेबारे भोलि निर्णय हुने र त्यसपछि मुद्दाको सुनुवाइ हुने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्