लेटेस्ट न्युज
advertisement1

कुलमान र हितेन्द्रदेवको रिट न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा

Maryada News 2025-04-01 13:52:46
कुलमान र हितेन्द्रदेवको रिट न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा

काठमाण्डू, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

इजलासको पहिलो र दोस्रो नम्बरमा कुलमान र हितेन्द्रदेवको परेको छ । यसअघि आइतबार पेसी तोकिएको भएपनि दुवै रिट हेर्न नमिल्नेमा परेपछि मङ्गलबारका लागि सरेको हो ।

आइतबार रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारङ्गा सुवेदीको संयुक्त इजलासमा परेको थियो ।

कुलमानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दीपक खड्का उर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् ।

कुनै गल्ती, त्रुटि नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढङ्गले पदमुक्त गरेको रिट निवेदनमा उनको जिकिर गरेका छन् ।

यता, हितेन्द्रदेवले आफू पनि यसअघि घिसिङझैं पदमुक्त भएका विवरण उल्लेख गर्दै उनी पदको हकदार नभएको जिकिर गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्