लेटेस्ट न्युज
advertisement1

भूमिगत नेकपा विप्लवसंग वैद्य, आहुती र कट्टेलको रणनीतिक मोर्चाबन्दी 

Maryada News 2021-02-11 15:49:22
भूमिगत नेकपा विप्लवसंग वैद्य, आहुती र कट्टेलको रणनीतिक मोर्चाबन्दी 

काठमाडौं : नेकपा विप्लव समूहसहित ३ राजनीतिक दलले रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् ।  । बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै  आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोर्चाबन्दी गर्ने निर्णय गरेका छन् । 

मोर्चाले १५ सदस्यीय केन्द्रीय कमिटी र अवधारणा समेत सार्वजनिक गरेको छ । यस्तै मोर्चाले फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा जनसभा गर्ने जनाएको छ । मोर्चाको पहिलो बैठकले अध्यक्ष र सचिव चयन गरिनेछ । साथै प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहहरुमा समेत समिति गठन गरिने मोर्चाले जनाएको छ । 

रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सीपी गजुरेल, राम सिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल छन् । तीन जना पछि थपिने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्