काठमाडौं : नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा आयोजित सो विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोवाइलको बटम थिचेर लोगो अनावरण गर्दै उद्घाटन गरेका हुन् ।
विधान महाधिवेशनको अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्षमा केपी शर्मा ओली छन् । उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य छन् ।
स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा अध्यक्ष मण्डलमा समेटिएका छन् । अध्यक्ष मण्डलमा भीम रावल भने समेटिएनन् ।
विधान महाधिवेशनमा देशभरका ६ हजार भन्दाबढी प्रतिनिधिहरु सहभागी भएका छन् । तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रमा शुक्रबार नै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्ने छन् ।
प्रतिक्रिया