लेटेस्ट न्युज
advertisement1

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम : सभामुख सापकोटा

Maryada News 2021-05-22 20:37:18
संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम : सभामुख सापकोटा

काठमाडौं : प्रतिनिधिसभा विघटनलाई सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् । शनिबार एक विज्ञप्तिमार्फत् सापकोटाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । संवैधानिक, कानुनी र राजनीतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसला विपरीत प्रतिनिधिसभा विघटन भएको उनको ठहर छ । 

सापकोटाले शनिबार वक्तव्य जारी गरी राष्ट्रिय हित, संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू, सांसदहरू, नागरिक समाज, संविधानविद्, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्षलाई एकजुट हुन अपिल गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्