लेटेस्ट न्युज
advertisement1

प्रतिनिधि सभा विघटनविरुद्ध रिट हाल्न सर्वाेच्च जाँदै विपक्षी गठबन्धन

Maryada News 2021-05-23 10:52:08
प्रतिनिधि सभा विघटनविरुद्ध रिट हाल्न सर्वाेच्च जाँदै विपक्षी गठबन्धन

काठमाडाैंः प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वाेच्चमा रिट हाल्ने भएकाे छ। विपक्षी गठबन्धनका नेताहरू आज आइतबार सर्वाेच्च अदालतमा रिट हाल्न जाने तयारीमा रहेका छन्। 

केही बेरमा सिंहदरबारमा भेला भई रिट हाल्न जाने तयारी विपक्षी गठबन्धनले गरेकाे छ। देउवाकाे नेतृत्वमा सरकार बनाउन हस्ताक्षर गरेका एक सय ४९ जना सांसदहरू सबैले रिट हाल्ने भएका हुन्। उनीहरूलाई आ-आफ्नाे नागरिकता लिएर आउन सूचना जारी गरिएकाे छ। 

कांग्रेस नेता रमेश लेखककाे सञ्याेजकत्वमा कानुनविद्हरूले शनिबारदेखि नै आवश्यक कागजातहरू संकलन गरिरहेकाे र आजै रिट दायर गरिने बताइएकाे छ। 

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड, एमालेका नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दूर्गा पौडेलको संयुक्त बैठकले राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेसँगै गठबन्धनले सर्वाेच्चमा रिट दायर गराउने भएकाे हाे। 

यसअघि राष्ट्रपतिले बहुमतको सरकार बन्ने आधार नदेखिएको भन्दै केपी शर्मा ओली र शेरबहादुर देउवाको बहुमतकाे दाबी  खारेज गरिदिएकी थिइन्। पछि शुक्रबार मध्यरातमा मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। विपक्षी गठबन्धनले साेही विघटनविरुद्ध सर्वाेच्च जाने तयारी गरेकाे हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्