लेटेस्ट न्युज
advertisement1

राष्ट्रपति पौडेलद्वारा मिटर ब्याजसम्बन्धी विधेयक प्रमाणीकरण

Maryada News 2023-07-28 21:28:56
राष्ट्रपति पौडेलद्वारा मिटर ब्याजसम्बन्धी विधेयक प्रमाणीकरण

मर्यादा न्यूज, काठमाडौं । 

मिटरब्याजपीडितलाई न्याय दिन भन्दै ल्याइएको  ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।

संघीय संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । 

राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब उक्त विधेयकले कानुनको रुप लिएको छ ।

उक्त विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएको थियो । राष्ट्रिय सभाले उक्त विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । प्रतिनिधिसभाले पनि संशोधनसहित पारित गरेर पुनः राष्ट्रिय सभा पठायो ।

बिहीबार बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट प्राप्त संशोधनसहितको उक्त विधेयकलाई पारित गरेको थियो । 

दुवै सदनले पारित गरेर प्रमाणीकरका लागि राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको थियो । सोही विधेयकलाई शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । 

 


  

Norway

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्