काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याइने बताएका छन् । शनिबार नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले प्रधानमन्त्री ओलीबाट लोकतन्त्रमा खतरा रहेको बताए ।
उनले भने, ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौं।’ नेपाली कांग्रेसले प्रधानमन्त्री हटाउने निर्णय गरिसकेकाले अब ओलीको राजीनामा नआए अन्य दलहरुसँग मिलेर संसदमा अविश्वास प्रस्ताव दर्ता गर्ने बताएका हुन् ।
‘खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमनविरुद्धमा संघर्ष गरेका र पुनस्स्थापनाका लागि आवाज उठाएका तीन वटा दलको बीचमा पहिले हामी वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेश गर्छौं,’ उनले भने।
प्रतिक्रिया