लेटेस्ट न्युज
advertisement1

कांग्रेस नेता खड्का परराष्ट्रमन्त्री नियुक्त, बुधबार नै अमेरिका जाने

Maryada News 2021-09-22 20:21:36
कांग्रेस नेता खड्का परराष्ट्रमन्त्री नियुक्त, बुधबार नै अमेरिका जाने

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् । 

परराष्ट्रमन्त्रीमा नियुक्त खड्काले बुधबार नै दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो । खड्का गएको प्रतिनिधि सभा निर्वाचनमा उदयपुर–१ बाट निर्वाचित भएका थिए ।

यसैबीच, मन्त्री खड्का बुधबार साँझ नै संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै अमेरिकाको न्यूयोकै जाँदैछन् । संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डल साँझ ८ बजेपछि न्यूयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार परराष्ट्रमन्त्री डा. खड्काको टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल, उच्च सरकारी अधिकारीहरू र राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि अमित बहादुर राईलगायत रहने मन्त्रालयले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्