लेटेस्ट न्युज
advertisement1

कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्तामा खनाल नियुक्त

Maryada News 2021-03-19 21:17:14
कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्तामा खनाल नियुक्त

कर्णाली : कर्णाली प्रदेश सरकारले कानून व्यवसायी मातृकाप्रसाद खनाललाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेको छ । गत फागुन २८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६० (२) बमोजिम दैलेख आठबीस नगरपालिका–२ निवासी खनाललाई मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरेको हो ।     
     
नवनियुक्त मुख्यन्यायाधिवक्ता खनाललाई आज प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको उपस्थितिमा उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश राजेन्द्र तिवारीले पद तथा गोपनियताको शपथ गराए।

शपथग्रहण समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रदेश सरकारका मन्त्रीलगायतको उपस्थिति थियो । मुख्यन्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकार हो । यसअघिका मुख्यन्यायाधिवक्ता विद्याभूषण मानन्धरले राजीनामा दिएपछि प्रदेश सरकारले खनाललाई नियुक्त गरेको हो ।     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्