लेटेस्ट न्युज
advertisement1

शुक्रबार राष्ट्रिय सभा गृहमा सार्वजनिक हुँदैछन् 'विप्लव'

Maryada News 2021-03-04 14:27:30
शुक्रबार राष्ट्रिय सभा गृहमा सार्वजनिक हुँदैछन्  'विप्लव'

काठमाडाैंः दुई वर्षदेखि भूमिगत रहेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का महासचिव नेत्र विक्रम चन्द 'विप्लव' भ‍ाेली (शुक्रबार) सार्वजनिक हुने भएका छन्। बिहीबार सरकारसँग तीन बुँदे सहमती गरि विप्लव हिंसात्मक गतिबिधि छाडेर शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने भएका हुन्।

आफ्ना सम्पूर्ण राजनीतिक विषय संवाद मार्फत समाधान गर्ने सहमतिसहित विप्लव भाेली दिउँसाे २ बजे राष्ट्रिय सभा गृहमा आयाेजना हुने विशेष कार्यक्रममार्फत सार्वजनिक हुनेछन्। सो कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव दुबैले विशेष संवोधन गर्ने बताइएकाे छ। 

०७५ सालकाे फागुन २८ गते ललितपुरकाे नख्खुमा एनसेलकाे भवनलाई लक्षित गर्दै गराइएकाे बम विस्फाेटन पछि विप्लव समूहमाथि केपी शर्मा ओलीकै नेतृत्वकाे सरकारले प्रतिबन्ध लगाएकाे थियाे।

यसबीचमा विप्लव समूहका दुई हजारभन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरिसकेकाे छ। पक्राउ परेका नेता कार्यकर्ताकाे रिहाईकाेसमेत सहमति गर्दै विप्लव र सरकारबीचकाे वार्ता टुंगाेमा पुगेकाे हाे। 

हेर्नुहाेस् सरकार र विप्लवका प्रतिनिधिले हस्ताक्षर गरेकाे प्नेस नाेट ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्