काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षीय केन्द्रीय सदस्य र सांसदहरुको बैठक बानेश्वरमा जारी छ । सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षले छलफल गरेलगत्तै नेपाल - खनालपक्षको बैठक सुरु भएको हो ।
पार्टी मुख्यालयमा भएकाे वार्ता दुवै पक्षले सकारात्मक रहेकाे बताए पनि निष्कर्षमा भने पुगेनन् । सर्वोच्च अदालतको फैसलाले एमाले ब्युँत्याईदिएपछि हाल दुवै पक्ष पार्टीभित्रै कित्ताकाट गरिरहेका छन् । अध्यक्ष ओली समूहले फागुन २८ गते अध्यक्ष र महासचिव बाहेक एमालेका सबै पदाधिकारी खारेज गर्ने र पूर्व माओवादी केन्द्रबाट एमालेमा मिसिन आएकाहरुलाई केन्द्रीय सदस्यसहितको महत्वपूर्ण जिम्मेवारी दिने निर्णय गरेपछि विवाद झन् चुलिएको हो ।
यस्तै माधव नेपाल समूहले पनि ओलीको एकलौटी निर्णयको बिरोध गर्दै समानान्तर कमिटी गरेको छ । भने, चैत्र ४ देखि ६ गते सम्म राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । आजको बैठकलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया