कालिकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कालीकोटमा कालो झण्डा देखाइएको छ । स्थानीय तहको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट कार्यक्रम उद्घाटन गर्न कालीकोट पुगेका मुख्यमन्त्री शाहीलाई नेकपा (एमाले) समर्थित अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।
बिहीबार मुख्यमन्त्री शाही र भूमि, कृषि तथा सहकारीमन्त्री कालीकोटको सदरमुकाम मान्मबाट नरहरिनाथ गाउँपालिकाको नीति तथा कार्यक्रम उद्घाटन गर्न जाँदा कालो झण्डा देखाइएको हो । कालो झण्डा देखाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया