काठमाडौं : महान्यायाधीवक्ताबाट अग्नी खरेलको राजीनामासँगै प्रधानमन्त्री ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेका छन् ।
सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्तामा खरेलको राजीनामा लगत्तै बडाललाई नियुक्त गरेका हुन् । बडाल नेपाल बार एशोसियशनको निर्वाचनमा उपाध्यक्ष पदका उमेदवार समेत थिए ।
पछिल्ला राजनीतिक घटना क्रममा प्रधानमन्त्री ओलीलाई नजिकबाट साथ दिएका बडाल नेकपा प्रचण्ड माधव पक्षको विवादमा निर्वाचन आयोगमा ओलीका प्रतिनिधिका रूपमा समेत जाने गरेका थिए । बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सचिव हुन् । उनी श्रम कानूनका विज्ञ मानिन्छन् ।
प्रतिक्रिया