काठमाडाैंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठन बारे छलफल गर्न बैठक बाेलाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवाले आफ्नाे नेतृत्वमा सरकार बनाउन कसरत गरेका हुन्।
बैठक देउवा निवास बूढानिलकण्ठमा दिउँसाे २ बजेलाई बाेलाइएकाे छ। बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपालगायतका दलहरूका शीर्ष नेतालाई बोलाइएकाे छ।
हिजाे संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत प्राप्त गर्न नसकेपछि उनी स्वतः पदमुक्त भएका छन्। ओलीले विश्वासको मत गुमाएलगत्तै हिजाे सोमबार नै कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।
देउवाले आज बाेलाएकाे बैठकमा एमालेका नेता माधव कुमार नेपाल पनि सहभागी हुन सक्ने बताइएकाे छ। हिजाे झलनाथ-माधव समूहका सांसदहरू संसद बैठकमा अनुपस्थित हुँदै प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका थिएनन्।
प्रतिक्रिया
HectorMoise
2023-08-01 17:32:28Cheers. A lot of posts. writing public service announcements for radio <a href="https://essayservicehelp.com/">how to teach essay writing</a> are there any legit essay writing services
Ernastamics
2023-08-03 13:56:10Cheers. I like it. smart writing service [url=https://essayservicehelp.com/]essay service review[/url] writing a compare and contrast essay