कास्कीः गण्डकी प्रदेश सभाका तीन जना सांसदलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मङ्गलबार गरिएकाे पीसीआर परीक्षणमा नेकपा एमालेका दुई जना र कांग्रेसका एक जना सांसदलाई संक्रमण पुष्टि भएको हो।
मङ्गलबार नेकपा एमालेका सांसद राजिव पहारीले प्रदेश सभा सांसदहरूकाे पीसीआर परीक्षण गर्नुपर्ने माग अघि सारेका थिए। पछि सत्तारुढ एमालेले साेही माग अघि सार्दै संसद बैठक अवरुद्ध पारेकाे थियाे।
यता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएकाे अविश्वासकाे प्रस्तावमाथि बिहीबार मतदान हुँदै छ। चालु विशेष अधिवेशनमार्फत अविश्वास प्रस्ताव टुंगो लगाउने तयारी भइरहेको बेला संक्रमणको खबर सार्वजनिक भएको हाे। यद्यपि प्रदेशसभा सचिवालयले संक्रमित सांसदहरूलाई पनि मतदान गर्न पाउने व्यवस्था मिलाउने बताइसकेकाे छ।
यस्तै प्रदेश सभामा कार्यरत एक जना मर्यादापालकलाई पनि संक्रमण पुष्टि भएको छ। बुधबारकाे लागि तय भएकाे प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्दै छ।
प्रतिक्रिया