काठमाडौं : जनता समाजवादी पार्टीका केन्द्रीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले केपी शर्मा ओलीको विकल्प खोज्नैपर्ने भएको बताएका छन् । बिहीबार साँझ एक ट्वीट मार्फत् कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको पनि उनले भनेका छन् ।
उनी लेख्छन्, 'जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनस् चतुर सावित भएका छन्। अदालत,संसद,मिडिया,आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं !'
प्रतिक्रिया