काठमाडौं : नेकपा माधव-प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारी लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । बिहीबार पेरिसडाँडामा भएको आदिवासी जनजाती मगर संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यो कदम जनजाती नेतामाथिको प्रहार भएको पनि बताए ।
‘रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो । यो लोकतन्त्र माथिको आक्रमण हो’, प्रचण्डले भने ।प्रहरीले उपत्यका प्रवेश गरेलगत्तै पक्राउ गर्न खोजेको तर आफूहरुले रोक्न खोजेपनि बिहानै प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरेको उनले बताए ।
अध्यक्ष प्रचण्डले नेतृ झाँक्री छिटै छुट्न सक्ने भएपनि गलत नियतका साथ सरकार प्रस्तुत हुन खोजेको पनि बताए ।
प्रतिक्रिया