लेटेस्ट न्युज
advertisement1

विवेकशील साझाको दुई तिहाइले पारित गर्‍यो एकल कार्यकारी अध्यक्षको प्रस्ताव

Maryada News 2021-10-28 17:59:14
विवेकशील साझाको दुई तिहाइले पारित गर्‍यो एकल कार्यकारी अध्यक्षको प्रस्ताव

काठमाडौँ : विवेकशील साझा पार्टीको केन्द्रीय समितिले अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्तावेज ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णय गरेको छ । बिहीबार  भएको केन्द्रीय कमिटीको जुम बैठकमा दुई–तिहाइभन्दा बढी मतले उक्त दस्तावेज  पारित भएको प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मिश्रले केही दिनअघि  स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै दस्तावेज सार्वजनिक गरेका थिए । उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको विज्ञप्तिमा जनाइएको छ ।

बिहीबारको बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ । पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो ।

बैठकले पार्टीलाई अब तुरून्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको छ । बिहीबारको  बैठकमा विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूह भने सहभागी थिएन ।
 

Norway

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्