काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माणमा सरकार तदारूकताका साथ लाग्नु आवश्यक भएको बताएका छन् ।
नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् ।
नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी ओलीले आइतबार राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपतिसमक्ष बुझाएपछि कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले समृद्धिको उद्देश्य प्राप्त गर्न सरकार लाग्नुपर्नेमा जोड दिए ।र
उनले भने, ‘‘उपलब्ध श्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्राप्त हुन्छ।’’
राष्ट्रपति पौडेलले नेपालको संविधानको मुलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानु पर्ने उल्लेख गरे ।
आगामी दिनमा समेत नेपालको संविधानको मर्म र भावना बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अनुसारका काम कारवाही क्रमिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय र क्रियाशील रहने विश्वास लिएको राष्ट्रपति पौडेलले बताए ।
प्रतिक्रिया