काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टोलीलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् नेपाली टोलीलाई बधाई तथा फाइनल खेलका लागि शुभकामना दिएका हुन् ।
’साफ फुटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटबल टोलीका सम्पुर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु ’
प्रधानमन्त्री देउवाले भनेका छन् । समूह चरणको अन्तिम खेलमा आज बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो ।
प्रतिक्रिया