लेटेस्ट न्युज
advertisement1

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

Maryada News 2021-09-29 21:56:18
सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा दायर भएको मुद्दा पेसीमा चढेको भएपनि ’हेर्न नमिल्ने’मा परेको छ । पूर्णिमाया लामा लगायतले दायर गरेको मुद्दाको सुनुवाइका लागि बुधबार संवैधानिक इजलासमा पेसी तोकिएको थियो । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पहिलो नम्बरमै सुनुवाइका लागि पेसी तोकिएको भएपनि मुद्दा हेर्न नमिल्नेमा परेको हो । संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् । 

कनकमणि दीक्षित र सुशिल प्याकुरेल लगायतले दारयर गरेको रिटपनि संयुक्त रुपमा इजलासमा पेसी चढेको थियो । यसअघि भदौ १६ गते पनि मुद्दा पेसीमा चढेर हेर्न नमिल्नेमा राखिएको थियो । 

द्वन्द्वकालमा भएको एक हत्यामा सभामुख अग्नि सापकोटाविरुद्ध अनुसन्धान हुनुपर्ने माग गर्दै २०६८ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्