लेटेस्ट न्युज
advertisement1

राजविराजका कानून ब्यावसायी अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा. मिश्रका पक्षमा एकजुट

Maryada News 2025-03-25 14:56:44
राजविराजका कानून ब्यावसायी अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा. मिश्रका पक्षमा एकजुट

राजविराज, राजविराजलाई आधार बनाएर कानून व्यवसायको कर्म गर्दै आएका वकिलहरूले अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रका पक्षमा एकजुट रहेको बताएका छन्।

आसन्न बारको निर्वाचनलाई लक्षित गरी मेचीकाली यात्रामा निस्किएको मिश्र नेतृत्वको टोली राजविराज पुगेका बेला कानून व्यवसायीहरूले यस्तो दृढता देखाएका हुन्।

अधिवक्ता रिन्कुकुमारी यादवले प्रा.डा. मिश्रको टिमका पक्षमा राजविराज एकजुट रहेको बताएकी थिइन्।

विजयी भएपछि गर्ने कामको योजना बनाउन पनि उनले सुझाव दिइन्। त्यहाँका कानून व्यवसायीसँग उनले भनिन्, यो टिमले गौरव गर्न लायक काम गरेर देखाउनेछ। यसमा म सबैलाई विश्वस्त हुन आग्रह गर्छु।

अधिवक्ता सूर्यकुमार यादवले महाभारतको कथा सुनाउँदै सक्षम नै विजयी हुने उल्लेख गर्दै वरिष्ठ अधिवक्ता प्रा.डा.मिश्र र टिमका व्यक्तिहरू सक्षम, निडर, बौद्धिक भएकाले यही टिमले स्वच्छ न्यायलय बनाउने बताएका थिए।

अधिवक्ता बलराम सिंहले मिश्र नेतृत्वको टिमले जिल्ला बार इकाईलाई सबल बनाउन कुरामा केन्द्रित हुनुपर्ने बताए।

अधिवक्ता अजयशंकार झाले कार्यक्रमका अध्यक्ष उम्मेदवार मिश्रले सप्तरीबाट अत्यधिक मत पाउने बताएका थिए।

मिश्रको पक्षमा खुलेका कानून व्यवसायी देखेर प्रतिपक्षी अतालिने उनको भनाइ छ। आफू बारको सदस्य र महासचिवको उम्मेदवार हुँदा सप्तरीबाट धेरै मत पाएको उनले स्मरण गरे।

कानून व्यवसायीका कुरा सुनेपछि अध्यक्ष पदका उम्मेदवार प्रा. डा. मिश्रले आफ्ना प्रतिपक्षीहरु विभिन्न झुट्टा एजेन्डा बोकेर आउने र प्रतिपक्षी उम्मेदवारलाई गाली गर्न थालेको बताए। 

अरुको जिउमा जुम्रा हिँडेको देख्नेले आफ्नो जिउमा भैंसी हिँडेको देख्दैनन्। बार चलाउन बौद्धिक व्यक्ति चाहिने र त्यो बौद्धिकता मेरो टिममा छ, उनले भने, चैत २३ गते तपाईंहरूले हाम्रो टिमलाई मत दिनुहोला।

त्यसपछि यहाँका व्यावसायिक एजेन्डाहरू बारले लिनेछ। मैले लिनेछु। महासचिव पदका उम्मेदवार केदारप्रसाद कोइरालाले तीन वर्षका एजेन्डा सुनाएका थिए।

हामीले खस्किँदैन भएको न्यायालयको साख जोगाउने१ लर्यस एकेडमी स्थापना गर्ने १ न्यायालयमा भैरहेको बेथिति विसंगति हटाउनेलगायतका न्यायालयमा सबै वर्गको प्रतिनिधित्व गराउने र कानून व्यवसायीको हकहितमा काम गर्ने बताएका थिए।

वरिष्ठ अधिवक्ता प्रा.डा. मिश्र नेतृत्वको लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी समुहको मेचिकाली अभियान सोमवार मधेश प्रदेशको राजविराज आइपुगेको थियो।

सोमबार धरान कानून व्यवसायी क्लब, जिल्ला अदालत बार इकाई सुनसरी ,जिल्ला अदालत बार इकाइ उदयपुर र सप्तरीको राजविराजका उच्च अदालत बार इकाइ र जिल्ला अदालत बार इकाईमा कार्यक्रम सप्पन्न गरेको हो।

राजविराज कार्यक्रमको अध्यक्षता उच्च अदालत बार इकाई राजविराजका अध्यक्ष हरिराम यादवले गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला अदालत बार इकाइ राजविराजका अध्यक्ष अधिवक्ता कामेश्वर यादवले राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्