काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष प्रचण्डले नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुलाई सधैँ दोस्रो दर्जामा राखेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको पहिलो राष्ट्रिय परिषद् बैठकको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । शिक्षक बौद्धिक हुने भएकाले ओली सधै डराउने, तर्सिने भन्दै प्रचण्डले ओलीले सधैं पार्टीमा शिक्षकलाई अघि बढाउने काममा बाधकको भूमिका खेलेको आरोप लगाए ।
नेपालको कम्युनिष्ट आन्दोलन शिक्षकहरुको योगदानका कारण स्थापित भएको पनि उनले बताए ।
प्रतिक्रिया