लेटेस्ट न्युज
advertisement1

२०८४ अगाडि नै संविधान संशोधन गर्नुपर्छ : महामन्त्री थापा

Maryada News 2025-04-13 08:42:49
२०८४ अगाडि नै संविधान संशोधन गर्नुपर्छ : महामन्त्री थापा

हिले, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को निर्वाचन अगाडि नै एक पटक संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस धनकुटाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री थापाले संविधान संशोधन गरेर मात्र ०८४ को निर्वाचनमा जानुपर्ने बताएका हुन् ।

उनका अहिलेको संविधानमा रहेको निर्वाचन प्रणाली, उपराष्ट्रपतिको भूमिका र जिम्मेवारी लगायतका कतिपय विषयमा संशोधन आवश्यक रहेकोले संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने बताए ।

उनले २०८४ को चुनावमा कोहीसँग गठबन्धन नगर्ने बताउँदै अरूले गठबन्धन गर्न सक्ने भएकाले बलियो सङ्गठन बनाउनु पर्ने पनि बताएका छन् ।

नेपाली कांग्रेस राष्ट्रिय पार्टी भएकाले मुलुकका सामुन्ने आएका ठूलठूला समस्या समाधान गर्न भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै उनले अहिले देखिएका समस्या समाधान गर्न पनि कांग्रेसले जिम्मेवारी निर्वाह गर्नुपर्ने समेत बताए ।

उनले अहिले नेपाली नागरिकमा असन्तुष्टि रहेको भन्दै त्यसलाई सम्बोधन गर्ने मुख्य जिम्मेवारी पनि कांग्रेसकै भएको बताए ।

असन्तुष्टिलाई निराशामा परिणत हुन दिन नहुने बताउँदै थापाले त्यसलाई सम्बोधन गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा आएको बताए ।

उनले आन्तरिक गुटका कारण भातृसङ्गठनको अधिवेशन हुन नसकेको बताए ।

उनले केन्द्रको अधिवेशन नभए पनि जिल्लाको गर्न छलफल गर्नुपर्ने बेला आएको बताए ।

उनले २०८३ को मङ्सिर भन्दा एक दिन पछाडि पार्टीको महाअधिवेशन कसैले सार्न नसक्ने बताए । यसका लागि क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने बताए ।

कार्यक्रममा कांग्रेसका प्रदेश सहमहामन्त्री खड्ग फागो, संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठ लगायतले पार्टीमा गुट बलियो भएको भन्दै गुटभन्दा पार्टी बलियो बनाउनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्