काठमाडाैं : संवैधानिक परिषदले विभिन्न संवैधानिक आयोगमा गरेको नियुक्ति असंवैधानिक रहेको भन्दै सभामुख अग्नि सापकोटा यसविरुद्ध रिट लिएर सर्वोच्च अदालतमा पुगेका छन्।
संसदीय सुनुवाइबिना गरिएको नियुक्ति अवैधानिक रहेको भन्दै सभामुख सापकोटासहित शशि श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायत विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका झाँक्रीले बताइन्।
प्रतिक्रिया