लेटेस्ट न्युज
advertisement1

सरकारले मंगलबार सम्म बजेट खर्च गर्न नपाउने

Maryada News 2021-09-20 15:40:59
सरकारले मंगलबार सम्म बजेट खर्च गर्न नपाउने

काठमाडौँ : सोमबार प्रतिनिधिसभाबाट बजेट पारित भए पनि सरकारले मंगलबार ( भोलि ) सम्म बजेट खर्च गर्न नपाउने भएको छ । यस हिसाबले नेपालमा पहिलोपटक निम्तिएको सरकारी खर्च शून्यता (गभर्मेन्ट सटडाउन) ४ कार्यदिन लामो हुँदैछ ।

भदौ ३१ र असोज १ गते सरकारले खर्च गर्न पाएको थिएन । २ र ३ गते सार्वजनिक बिदा भए पनि सोमबार सरकारी कार्यालयहरू खुलेका छन् । मंगलबार (असोज ५ गते) पनि सरकारी कार्यालय खुला रहनेछ ।

चार दिनसम्म सरकार सट डाउनको अवस्थामा रहँदा सार्वजनिक खर्च गर्ने समय स्वतः घटेको छ ।  प्रतिनिधिसभाबाट सोमबार पारित बजेट (विनियोजन विधेयक) कार्यान्वयन हुन राष्ट्रियसभाले पारित गर्नुपर्छ र प्रतिनिधिसभामा फर्काउनुपर्छ ।

सभामुखले सो विधेयकलाई राष्ट्रपतिकहाँ पठाउनुपर्छ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै सरकारले राष्ट्रिय ढुकुटी (सञ्चित कोष) चलाउन पाउँछ । यो प्रकृया पूरा हुन कम्तिमा मंगलबारसम्म कुनुपर्नेछ । राष्ट्रियसभा बैठक मंगलबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।

सो बैठकमा बजेट पारित गर्ने कार्यसूची तय भएमा र पारित गरेर मंगलबार नै प्रतिनिधिसभामा पठाएमा भने जारी गभर्मेन्ट सटडाउन मंगलबार नै अन्त्य हुनसक्छ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट घोषणा गरेको थियो ।

वर्तमान सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको प्रतिस्थापन बजेट ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्