काठमाडौँ : नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्युत गर्नुको विकल्प नभएको बताएका छन् । जबराबाट न्याय क्षेत्रको सुधार सम्भव नै नभएकाले उनलाई पदच्युत गर्नु पर्ने श्रेष्ठले बताएका हुन् ।
सर्वोच्च अदालतमा आइतबार धर्ना दिनुअघि नेपाल बार एसोसिगएसनको भवन परिसरमा कानून व्यवसायीलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अब प्रधानन्यायाधीश जबराबाट न्याय सुधारको कुनै काम नहुने भएकाले पदच्युत गर्नुपर्ने अपरिहार्य रहेको बताए ।
अध्यक्ष श्रेष्ठले जबरा रहुञ्जेल न्यायपालिकालाई सुधार गर्न नसकिने भएकोले बारले राजीनामा माग गरिररहेको बताए । उनले जबराको राजीनामा नआएमा पदच्युत गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै जबराले न्यायमा विचलन ल्याइ न्याय प्रशासनलाई बर्बाद बनाएको आरोप लगाए ।
श्रेष्ठले भने, ‘हामीहरू आफ्नो न्यायपालिका सुधारको लागि लागेका छौँ । न्यायपालिकाको बाधक चोलेन्द्र शमशेर जबरा जबसम्म रहन्छ, हामीले न्यायपालिका सुधार गर्न सक्दैनौँ । त्यसकारण प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य छ ।’
प्रतिक्रिया