लेटेस्ट न्युज
advertisement1

दुई तिहाई बहुमतका साथ फेरि सरकार बनाउने प्रधानमन्त्रीको दाबी

Maryada News 2021-03-02 19:47:23
दुई तिहाई बहुमतका साथ फेरि सरकार बनाउने प्रधानमन्त्रीको दाबी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउन सजिलो नभएको बताएका छन् । मंगलबार झापा पुगेर पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेपछि आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले सक्ने भए अहिले नै हटाउन चुनौती दिए । हटाए पनि अबको २ बर्षमा हुने निर्वाचनबाट दुई तिहाइ बहुमतका साथ फेरि सिंहदरबार फर्कने दाबी गरे । 

अदालतले संसद् ब्युँताएर आफूलाई केही फरक नपर्ने बताउदै प्रधानमन्त्री ओलीले आफ्नो कर्तव्य अदालतको आदेश पालना गर्ने भएको बताए । अदालतको आदेशअनुसार २३ गते बोलाइएको संसद सकरात्मक रुपमा अघि वढाउने आफ्नो प्रयास रहने बताए । 

निर्वाचनमा जानुपर्ने बेला फेरि प्रतिनिधिसभा पुनस्र्थापना गरिएको भन्दै उहाँले यसले राजनीतिक निकास नदिने दोहो¥याए । केहि दिन अघि प्रचण्डले दिएको कम्फर्टेबल सरकार बन्ने अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले नेपाली जनताको लागि कम्फर्टेबल सरकार आफ्नै नेतृत्वको हुने दाबी गरे । 
 
‘यो देश बिगार्न र अलमलमा पार्न दिनु हुँदैन, हामीले जुन बाटो बनाएका छौ, त्यो बाटो बनाएका छौ, त्यहाँ तगारो लगाउन दिनु हुदैन, त्यस्ता तगाराहरु हटाएर अगाडि बढ्ने चेतना नेपाली जनताले राख्नुपर्छ’, संवोधनका क्रममा ओलीले भने , ‘हाम्रा छिमेकी मुलुकसँग राष्ट्रिय हित, भूगोल, नक्सा, जमिन, स्वाधिनता, स्वाभिमान, राष्ट्रिय सम्प्रभुता र हाम्रा हितहरुलाई सुरक्षित राखेर मैत्रिपुर्ण सम्बन्ध राख्नुपर्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्