भक्तपुर । विवेकशील साझा पार्टीको प्रथम वागमती प्रदेश अधिवेशनको तयारी पूरा भएको वताइएको छ।
आगामी भाद्र ९ गते शनिवार भक्तपुरमा हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो।
रफत सञ्चार क्लबमा बिहीबार पत्रकारहरूसँग अन्तरसंवाद गर्दै प्रदेश अधिवेशन आयोजक समितिका संयोजक एवं पार्टीका केन्द्रीय सदस्य सुरज प्रधानले अधिवेशनको तयारी पूरा भएको जानकारी दिए। अन्तरसंवादमा प्रधानले विवेकशील साझा पार्टीले आगामी दिनमा युवाहरूलाई खाडीमा पठाउन नपर्ने गरी एक विस्तृत कार्यक्रम लिएर जनसमक्ष प्रस्तुत हुने लक्ष्यका साथ आगाडि बढिरहेको वताए ।
उनले आफ्नो पार्टी वैकल्पिक राजनीतिक शक्तिको मातृसत्ता भएको उल्लेख गरे।पार्टीका केन्द्रीय सदस्य एवं कृषि विभाग प्रमुख धनेज थापाले विवेकशील साझा पार्टी २०७४ सालमा स्थापना हुँदा जुन सिद्धान्त, आदर्श र कार्यक्रम लिएर आएको थियो, आज पनि त्यही स्थानमा उभिएको बताए।अन्तरसंवादमा पार्टीका केन्द्रीय सदस्य तथा अर्थ वभिाग प्रमुख निरन्जन चापागाई, नेताहरु उमेश भट्टराई, शकिल अहमद लगायतको उपस्थिति थियो।
गत माघमा सम्पन्न पार्टीको केन्द्रीय अधिवेशन पछि वागमती प्रदेशको अधिवेशन पहिलो पटक हुनलागेको हो।
अधिवेशनमा अध्यक्षमा अजित खड्का र इश्वर मगिया,उपाध्यक्षमा जिवेश कोईराला र डिजेन वस्नेत, सचिवमा शकिल अहमद र कोमलनाथ पौडेलवीच प्रतिष्पर्धा हुने निर्वाचन समितिका प्रमुख शंकर वन्जाडेले जानकारी दिए। कोषाध्यक्षमा भने दिलकुमार केसी दिलीप सर्वसममत चयन भएका छन।
भक्तपुरको जर्मन होम्समा हुने अधिवेशनले नया पदाधिकारी समिति चयन गर्ने छ।
प्रतिक्रिया