लेटेस्ट न्युज
advertisement1

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने

Maryada News 2021-06-23 12:09:40
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने

काठमाडाैंः प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने भएकाे छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा विघटनसम्बन्धी साे मुद्दामाथि सुनुवाइ हुने भएकाे हाे। 

सर्वाेच्चले गत जेठ २६ गते प्रतिनिधि सभा विघटनकाे मुद्दामा विपक्षीलाई कारण देखाउ आदेश जारी गरेको थियो। साे अनुरुप प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटाले लिखित जवाफ बुझाइसकेका छन्।

यस्तै सर्वाेच्चले यस मुद्दामा एमिकस क्युरी गठन गर्ने पनि निर्णय गरेकाे थियाे। साेही अनुसार नेपाल बार एसाेसिएसनले वरिष्ठ अधिवक्ताद्धय राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च अदालत बारले वरिष्ठ अधिवक्ताद्धय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरी ताेकिसकेकाे छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्