काठमाडाैंः सर्वाेच्च अदालतले फागुन २३ मा एमाले र माओवादी केन्द्र व्युँताउने गरि गरेकाे फैसलाकाे पुनरावलाेकन गर्न आज माओवादी केन्द्र सर्वाेच्च अदालत जाने भएकाे छ। मङ्गलबार बिहान ११ बजे सर्वाेच्च अदालत पुगी फैसला पुनरावलाेकनकाे माग गरिने माओवादी केन्द्रका एक नेताले बताए।
यसअघि पार्टीकाे स्थायी समिति र केन्द्रीय समिति बैठकले सर्वाेच्चकाे फैसलाप्रति चित्त नबुझेकाे भन्दै फैसला पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको थियो। कानुन व्यवसायीसँगकाे लामाे समयकाे छलफल पश्चात माओवादी केन्द्र आज पुनरावलाेकनमा जाने भएकाे हाे।
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वकाे नेकपालाई गत फागुन २३ मा विघटन गरिदिएकाे थियाे।
प्रतिक्रिया