लेटेस्ट न्युज
advertisement1

भिरबाट लडेका युवा संघ नेताको मृत्यु

Maryada News 2021-08-28 21:42:06
भिरबाट लडेका युवा संघ नेताको मृत्यु

बैतडी: भिरबाट लडेर गम्भीर घाइते भएका युवा संघ नेपाल बैतडीका सदस्य विजय भाटको उपचारको क्रममा मृत्यु भएको छ ।दशरथचन्द नगरपालिका– ५ दमरखोली घर भएका ३० वर्षीय भाटको उपचारको क्रममा शुक्रबार धनगढीस्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको हो ।

बिहीबार साँझ सदरमुकामबाट घर फर्कने क्रममा कलुवाड मोडबाट लडेर भाट घाइते भएकाथिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । मृतक भाटका एक वर्षका छोरा र २२ बर्षकी श्रीमती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्