बाँकेः नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले आज भइरहेकाे लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने भएका छन्। सामाजिक सञ्जालमार्फत राणाले निर्वाचन आफ्नो प्राथमिकतामा नपरेको भन्दै मतदान नगर्ने निर्णय गरेका हुन्।
राणा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित हुन्। उनले भने- ‘मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले काँग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु।’
राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवारकाे रूपमा रहेका छन्। निर्वाचनकाे मतपरिणाम आजै सार्वजनिक हुनेछ।
प्रतिक्रिया