लेटेस्ट न्युज
advertisement1

झुक्याएर समाजवादीमा सनाखत गराएकी निर्मला एमालेमै फर्किइन्

Maryada News 2021-09-08 16:17:18
झुक्याएर समाजवादीमा सनाखत गराएकी निर्मला एमालेमै फर्किइन्

कपिलवस्तु : नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्ने जिल्लाकी एक्लो जनप्रतिनिधि निर्मला सुनार एमालेमै फर्किएकी छन् ।  मंगलवार जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा (एस) मा सनाखत गरेकी निर्मलाले आफू बजार गएको बेला मौका छोपेर निर्वाचन कार्यालयमा पुर्‍याई जबरजस्ती सनाखत गराएको आरोप लगाएकी छन् ।  

बुधवार विज्ञप्ति जारी गर्दै शिवराज नगरपालिकाका कार्यपालिका सदस्य निर्मलाले आफ्नो काममा तौलिहवा गएका बेला निर्वाचन कार्यालयमा काम छ भनी लगेको र परिबन्दमा पारेर केही कागजातमा हस्ताक्षर गराएको उल्लेख गरेकी छन् ।

'हिजो तौलिहवा कामको सिलसिलामा गएको थिए । दुई तीन जना साथीहरूले निर्वाचन आयोगमा जाम भनेर लगेर सनाखत गराउनु भयो । ५ बजे घर फर्किएपछि समाजवादीमा गएको हो भनेर फोन आयो । मिडिया र फेसबुकमा हेरे । म एमाले मै बस्छु,' सुनारले भनेकी छन् ।

सुनारले मंगलवार नेकपा (एस) रोजेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताए । यसैगरी शिवराज नगरपालिका-१० का अध्यक्ष मञ्जु मिश्रले जसपा छाडेर लोसपामा सनाखत गरेकी छन् । जनता समाजवादी पार्टीबाट उप निर्वाचनबाट विजयी भएका मिश्राका श्रीमान् महन्त ठाकुरतर्फ लागेपछि उनले पतिकै दल रोजेकी हुन् । मिश्राका पति रबीदत्त मिश्र लोकतान्त्रिक समाजवादी पाटीका केन्द्रीय नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्