काठमाडौं: नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा भएको वडा अधिवेशनलाई मान्यता नदिन निर्वाचन समितिसमक्ष माग गरेको छ । पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो समूहले यस्तो बताएको हो ।
पत्रकार सम्मेलनमा पौडेलले भने, “डडेलधुरामा जसरी अधिवेशन गरियो, हामीले भेटेर भन्दा पनि नमानेर, राज्यसत्ताको प्रयोग गरेर, प्रहरी लगाएर, अप्रजातान्त्रिक तरिकाले निर्वाचन गरियो । त्यो अधिवेशनको सुरुवातमा देखिएको कुलक्षण हो ।
यसले महाधिवेशन निष्पक्ष हुन्छ भन्नेमा आशंका छ । फेरि चुनाव गराउनुपर्छ । हामीलाई फेक चुनावको मान्य छैन । निर्वाचन समितिले मान्यता दिनुहुँदैन ।”
प्रतिक्रिया