लेटेस्ट न्युज
advertisement1

वरिष्ठ उपाध्यक्ष मिश्र र राणालाई रिहा गर्न राप्रपाले दियो २४ घण्टे अल्टिमेटम

Maryada News 2025-03-29 19:14:50
वरिष्ठ उपाध्यक्ष मिश्र र  राणालाई रिहा गर्न राप्रपाले दियो २४ घण्टे अल्टिमेटम

काठमाण्डू, राप्रपाले शुक्रवारको घटनापछि पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न माग गरेको छ ।

शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले शुक्रवार साँझ पक्राउ परेका मिश्र र राणालगायत सबै नेताल कार्यकर्तालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

उनीहरूलाई २४ घण्टाभित्र रिहा नगरे देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका रुपमा उठाएर लैजाने निर्णय भएको लिङ्देनले जानकारी दिए ।

उनले बैठकबाट तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा भएको घटनामा सरकार बढी आक्रामक भएका कारणले दुर्घटना निम्तिएको दाबीसमेत गरे ।

तर हिँजोको घटनामा धनजनको क्षति भएको भन्दै सामाजिक सञ्जालमा #ArrestGyanendra  अभियान सञ्जालन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्