लेटेस्ट न्युज
advertisement1

एमाले नेता घनश्याम भुसालले पेश गरे प्रतिप्रश्नसहितकाे स्पष्टिकरण जवाफ

Maryada News 2021-03-30 18:16:37
एमाले नेता घनश्याम भुसालले पेश गरे प्रतिप्रश्नसहितकाे स्पष्टिकरण जवाफ

काठमाडौंः नेकपा (एमाले)का नेता घनश्याम भुसालले पार्टीले सोधेको स्पष्टिकरणको जवाफ पेश गरेका छन्। भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टिकरण लेख्दै आज जवाफ पेश गरेका हुन्।

यसअघि पार्टीका नेता माधवकुमार नेपाल र भीम रावलले स्पष्टिकरणको जवाफ दिइसकेका छन्। स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नभएपछि दुवै जनालाई अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन गरेका छन्।

गत चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी विधान विपरीतका गतिविधि गरेको भन्दै भुसालसहित पार्टीका नेता नेपाल, रावल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। यही चैत ८ गते महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै उनीहरू चारै जना नेतालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेको विधानको दफा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ अनुसार कारवाही किन नगर्ने भन्दै स्पष्टिकरण साेधेका थिए।

स्पष्टिकरणको जवाफमा भुसालले आफू पार्टी विरोधी गतिविधि नगरेको र नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र निर्देशन तथा पार्टी विधान र पद्धतिमा रहेको जवाफ पठाएका छन्। 

यस्तै ११ पृष्ठको स्पष्टीकरणमा उनले पार्टीको अध्यक्षजस्तो जिम्मेवारीमा रहेको व्यक्तिले पार्टीको वैधानिक व्यवस्थालाई भत्काउने र पार्टीलाई अराजकतातर्फ धकेल्ने काममा किन लागेकाे भन्दै प्रतिप्रश्नसहितकाे स्पष्टिकरण जवाफ पेश गरेका छन्।

उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई सम्बाेधन गर्दै लेखेकाे स्पष्टिकरणमा भनेका छन्ः

‘पार्टी कार्यालयबाट प्रेषित औपचारिक पत्रको भाषा, त्यसको गूढार्थ र तपाईँले अपनाएको प्रक्रियाले तपाईँ के गर्न खोज्दै हुनुहुन्छ भन्ने स्पष्ट छ। नक्कली प्रक्रिया र प्रमाणका आधारमा कसैका विरुद्ध सुनियाेजित रूपले लक्षित तथाकथित न्यायिक प्रक्रियालाई कङ्गारु अदालत भनिन्छ। तपाईँले मागेको तथाकथित ‘स्पष्टीकरणसहित लिखित जवाफ’ ले तपाईँ त्यही कङ्गारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरा प्रथम दृष्टिमै प्रत्यक्ष छ, प्रमाणित छ। शत्रु देशको नागरिकलाई पठाइएको जस्तो तपाईँको पत्रको जवाफ लेखिरहनु आवश्यक थिएन अर्थात् तपाईँले पठाउनुभएको मिथ्या पत्रका बारेमा स्पष्टीकरण दिनुपर्ने त हुँदै होइन, कुनै पनि उत्तरसमेत लेख्न जरुरी छैन तर तपाईँले लगाउनुभएका आरोपहरू कति पूर्वाग्रही छन् र तपाईँका दाबीहरू कति झुटा छन् भन्ने कुरा पार्टी पङ्तिलाई जानकारी गराउनुपर्ने भएकोले यो पत्र लेख्दै छु।’ 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्