कास्कीः गण्डकी प्रदेशमा आज बुधबार मुख्यमन्त्री पदको छिनोफानो हुने भएकाे छ। गत आइतबार यसअघिका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएसँगै नयाँ सरकार गठनकाे लागि आज ४ बजेसम्मकाे म्याद दिइएकाे थियाे।
प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। यसबीचमा विपक्षी दल तथा गठबन्धनले बहुमत पुर्याउन नसकेकाे खण्डमा प्रदेश सभाकाे सबैभन्दा ठूलाे दलमाथि सरकार गठनकाे जिम्मेवारी रहन्छ।
कांग्रेस, माओवादी केन्द्र र जसपा बहुमत जुटाउन नसकिरहँदा यता प्रदेश सभाकाे ठूलाे दलकाे हैसियतले एमालेका संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ नै पुनः मुख्यमन्त्री चुनिने सम्भावना प्रवल बन्दै गएकाे छ।
राष्ट्रिय जनमोर्चाका दुई सांसदले आफ्नाे खेमा स्पष्ट नपार्दा गण्डकीमा विपक्षी गठबन्धन अन्याेलमा परेकाे हाे।
पार्टीले विपक्षी गठबन्धनसँग मिल्ने निर्णय गर्दागर्दै पनि राजमाेका सांसद कृष्ण थापाले कांग्रेसलाई साथ नदिने बताएपछि कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नबन्ने लगभग निश्चित भएकाे छ।
प्रतिक्रिया